काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा महत्वपूर्ण छलफल भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको अनुसार, यो बैठक उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न आयोजना गरिएको हो । संवैधानिक परिषद्को बैठक अगाडि प्रमुख तीन दलका शीर्ष नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले यो बैठक आह्वान गरेका थिए ।

OM Sai Pathibhara Hospital

सचिवालयका अनुसार, उनीहरू बीच संवैधानिक परिषद्को बैठक र अन्य समसामयिक राजनीतिक विषयमा परामर्श गरिएको छ। बुधबार साँझको लागि राखिएको परिषद्को बैठक स्थगित गरिएको थियो ।