काठमाडौं–कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले १० वर्षमुनिका बालबालिकाको नि:शुल्क उपचारको माग राखेर शुरु गरेको अनशन तोडेका छन् ।
विराटनगर महानगरपालिका–६ की निर्मला शर्माका ४२ दिनका छोरा उपचारको खर्च अभावमा ७ दिन विराट नर्सिङहोम बस्न बाध्य भएपछि कार्कीले अनशन सुरु गरेका थिए । सरकारसँगको सहमतिपछि उनै शिशुको हातबाट जुस पिउँदै उनले अनशन समाप्त गरेका हुन् ।

पूर्वमुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको नि:शुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको जस्ता विषयलाई मुदेदा बनाएर मंगलबारदेखि अनशन सुरु गरेका थिए ।
कार्कीले उठाएका ९ बुँदे माग पूरा गर्न सरकार तयार भएको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी अनशनस्थल पुगेका थिए ।