काठमाडौं–गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेपछि स्थगित भएको बैठक लगभग दुई महिनापछि पुन: सुरु हुन लागेको हो । 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीका अनुसार बैठक प्रदेश सरकारको सिफारिसमा आह्वान गरिएको हो । हाल बैठकमा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक र निजी फर्मसम्बन्धी विधेयक छलफलका क्रममा छन् ।

OM Sai Pathibhara Hospital

साथै, साझेदारी फर्मको नियमन तथा व्यवस्थापनका लागि प्रस्तावित विधेयक पनि केही दिन अघि प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।