काठमाडौं– आज संविधानसभा अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो। ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा अपराह्न ३ बजे स्मृतिसभा आयोजना हुँदैछ। 

स्मृतिसभामा पार्टीका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ, जसको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, स्मृतिसभामा पार्टीका अन्य वरिष्ठ नेता पनि सहभागी हुनेछन्। 

OM Sai Pathibhara Hospital

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य, र २०५६, २०७४, र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झनामा लेखेका छन्, “आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी !!”