काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति देशभरि आकर्षण बढिरहेको दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्दै उनले पार्टीको ‘एजेण्डा’ र सरकारको कामका कारण यो आकर्षण बढेको दाबी गरेका हुन् । 

उनले माओवादी केन्द्रलाई पहिचान, सुशासन, सामाजिक न्याय, र समृद्धिका पक्षमा लड्ने पार्टीको रूपमा चित्रण गर्नुभयो। उहाँले जनयुद्धदेखि संविधान निर्माण, संघीयता, र समानुपातिक प्रतिनिधित्वजस्ता परिवर्तनका काम माओवादीकै एजेण्डा भएको बताए । कार्यक्रममा जसपाका श्यामबाबु यादवसहित कांग्रेस र एमालेका नेताहरूले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।