काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सुदृढीकरण गर्दै भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् ।

सिरहामा भएको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई सशक्त बनाउन र भ्रष्टाचारको जरो उखेल्न जनतालाई साथमा लिएर आन्दोलन गर्ने सोचमा रहेको बताए । अध्यक्ष दाहालले मधेस प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अनुचित लेनदेन (मिटरब्याज) जस्ता बेथितिहरूविरुद्ध सङ्घर्ष थाल्ने संकल्प पुन: व्यक्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

उनले गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेण्डाप्रति मधेसी जनसमुदायको गहिरो विश्वास रहेको बताउँदै, यो विश्वासलाई कायम राख्न पार्टी सङ्गठनलाई थप एकताबद्ध र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।