काठमाडौं–नेकपा एमालेका पूर्वमन्त्री एवं नेता गोकुल बास्कोटा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा प्रहार गरेका छन् । उनले प्रचण्डले बंगलादेश बनाउने धम्की दिएको भन्दै उनको विगतका भाषण र कार्यशैलीसँग तुलना गर्दै कटाक्ष गरेका हुन् ।

बास्कोटाले प्रचण्डले पहिला नेपाललाई स्वीट्जरल्याण्ड बनाउने ठूलो सपना देखाउने गरेको स्मरण गराए । तर अहिले आएर उनी बंगलादेश बनाउने भन्दै देशबासीलाई डरत्रास फैलाउने काममा लागेको उनको आरोप छ ।

OM Sai Pathibhara Hospital

बास्कोटाका अनुसार‚ प्रचण्डले आफ्नो राजनीतिक जीवनमा तास खेल्ने‚ जुवा खेल्ने र महिला हिंसा गर्नेलाई कारबाही गर्ने भन्दै ठूला नारा लगाउने गरेका थिए। तर अहिले आएर ती सबै क्रान्तिकारी उनका साथीहरू नरहेको र कतिपय त आफैँ त्यस्ता गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । बास्कोटाले प्रचण्डको यो व्यवहार सत्ताबाट बाहिरिएको पीडाको परिणाम भनेका छन् ।  

सामाजिक सञ्जाल एक्समा बास्कोटाले लेखेका छन्‌‚ प्रचण्ड बंगलादेश बनाउछु भनेर तर्साउदै छन‚पहिला स्वीट्जरल्याण्ड बनाउछु भन्थे।तासेलाई तासै चपाउन‚जाडेलाई थाममा बाधेर भाटा र महिला हिंसा गर्नेलाई कोरा हान्थे।आज ती क्रान्तिकारी उनैसंग छैनन र कयौ त आफै जाडे‚जुवाडे र महिला हिंसाका नमुना बनिसके।फगत सत्ता गएको बर्बराहट हो‚उनको कर्कस।