काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई  वामपन्थीहरुले गर्नुपर्ने बताएका छन् । 

आज काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

ज्ञवालीले जलवायु संकटका एकमात्र कारक दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु रहेको बताए । 

ज्ञवालीले भने, ‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरुले, समाजवादीहरुले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ । त्यसले ढोका ढक्ढक्याउन थालेको छ । त्यो मुद्दाहरुको अगुवाई हामी वामपन्थीहरुले गर्नुपर्छ । किनभने जलवायु संकटका एकमात्र कारकहरु भनेका दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु हुन् ।’

जलवायु परिवर्तनका कारण अहिले श्रमीकहरु झनै संकटमा परिरहेको ज्ञवालीको भनाई छ ।