काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको स्पष्ट गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा सम्बोधन गर्दै दाहालले संविधानको माओवादी जनयुद्धलाई सशस्त्र सङ्घर्षको रूपमा मान्यता दिएको बताए ।

OM Sai Pathibhara Hospital

उनले संविधानको व्याख्यात्मक टिप्पणीमा सबै दलहरूको हस्ताक्षर भएको भन्दै संविधानविपरीत जनयुद्धलाई हिंसा, हत्या, आतङ्कका रूपमा चित्रण गर्नेहरूलाई प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा स्थापना गर्ने निर्णय अदालतबाट रोकिए पनि टिआरसी विधेयक पारित भएपछि त्यो सम्भव हुने तर्क राखेका छन् ।