काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

उनले महाधिवेशनको तयारीमा रहेको र सभापतिका लागि आफ्नो उम्मेदवारी सुनिश्चित भएको स्पष्ट पारेका हुन् । कोइरालाले अहिलेसम्म कुनै निर्वाचन नहारेको दाबी गर्दै यसपटक पनि पार्टी सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे ।

OM Sai Pathibhara Hospital

उनले आफू सभापतिको उम्मेदवार भएको बताउँदै यसमा सोचिरहनुनपर्ने तर्क गरे । साथै, नेता कोइरालाले महाधिवेशन समयमा नै हुनुपर्नेमा जोड दिँदै सभापति शेरबहादुर देउवाको निर्णय प्रतीक्षामा रहेको बताए ।

नेपाली कांग्रेसको आगामी अभियान अब महाधिवेशन र निर्वाचनमा केन्द्रित हुने कोइरालाको भनाइ थियो ।