काठमाडौं- नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन् । 

विपी चिन्तन प्रतिष्ठानले आज जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

महतले काँग्रेस—एमालेबीच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशीतालाई कमजोर गर्नेगरी कुनै संशोधन नहुने प्रतिवद्धता समेत जनाए । 

उनले नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको आरोप समेत लगाए । 

पूर्वअर्थमन्त्री समेत रहेका सांसद महतले अहिलेको सरकारले देश र जनताप्रति केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताए । सांसद महतले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्युन हुनु चिन्ताको विषय रहेको जिकिर गरे ।