काठमाडौं- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् । 

नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए । 

OM Sai Pathibhara Hospital

उनले देशको अवस्था चुनौतिपूणर् रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने भन्दै चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको जिकिर गरे । 

एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको देउवाको भनाई छ । 

‘एमाले र काँग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौँ । कति कुरा समस्या हुन सक्छन् । समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो । यसमा चिन्ता लिनुपर्दैन । मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

देउवाले यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निणर्यहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए । 

उनले भने, ‘अहिलेको बेला चुनौतिपूणर् ढंगको अवस्था पनि छ । चुनौतिपूणर् अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ । कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ ।’ 

सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको भन्दै कर्मचारी भइसकेपछि सरकारको निणर्य मान्नुपर्ने र निणर्यलाई लागू गर्नु कर्मचारीको कर्तव्य समेत भएको बताए ।