काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना अनुसार निर्वाचन प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिएका छन् । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकाय (फेम्बोसा) को १२ औं सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्रको अभिन्न अंगका रूपमा निर्वाचन प्रक्रियालाई स्वच्छ‚ स्वतन्त्र‚ र पारदर्शी बनाउने दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले जनताको चाहना र अपेक्षाअनुसार निर्वाचन प्रक्रियालाई सहज बनाउनुपर्ने बताएका छन् । सम्मेलनमा जलवायु परिवर्तन‚ सामाजिक सञ्जाल र बसाइँसराइले निर्वाचन प्रक्रियामा पार्ने प्रभावबारे विस्तृत छलफल हुनेछ ।

OM Sai Pathibhara Hospital

नेपालसहित सम्मेलनमा भारत‚ भुटान‚ श्रीलङ्का‚ माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधिहरू सहभागी छन् । भुटानका निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई फेम्बोसाको नेतृत्व हस्तान्तरण गरेका छन् ।