काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एनसेलको नविकरण कानून विपरित भएको भन्दै एनसेल र प्रधानमन्त्रीबीचको सम्बन्धबारे जवाफ माग गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहले सरकारले कानून विपरित एनसेलको नविकरण गर्न लागेको आरोप लगाए । 

OM Sai Pathibhara Hospital

उनले करदाता कार्यालयले तोकिएको राजश्व नलिइकन सरकारले एनसेलको नविकरण गर्ने निणर्य गरेको भन्दै प्रधानमन्त्रीको एनसेलसँगको सम्बन्ध बारे जान्न चाहेको बताए । 

उनले आम जनताले आफ्नो संस्थालाई नविकरण गर्नुपर्दा राजश्व छुट नपाइ जरिवाना गराउने गरिएको भन्दै ठूलाबढाका लागि अर्कै कानून लाग्ने हो ? भन्दै प्रश्न समेत गरे । 

शाहले एनसेलले कर नतिरी भागेमा त्यसको जिम्मेवारी प्रधानमन्त्री अथवा अरु कसले लिने भन्ने विषयमा जवाफ माग समेत गरे ।