काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताएका छन् । 

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताए । 

OM Sai Pathibhara Hospital

उनले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने भन्दै जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे । 

‘अस्ति भर्खरै खुल्लामञ्चमा केही युवाहरुले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने । अथवा हामीले सुध्रिनुपर्ने थुप्रै कुराहरु रहेछन् भनेर गम्भिरतापूर्वक लिनुपर्ने ठाउँमा त्यहाँ सरकारको तर्फबाट जुन किसिमको आक्रोश देखियो । पछिल्लो दिनमा जुन प्रकारका धरकपटका प्रयासहरु भए, म सरकारमा रहनुभएका सबैलाई भन्न चाहान्छु, सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन ।’  

लिङ्देनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन् ।