काठमाडौं- नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

ढुंगानाले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत नहुने बताए । 

पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको उनको तर्क रहेको छ । 

उनले अहिलेको गठबन्धन रातमा कहाँ गर्‍यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न समेत गरे । 

उनले भने, ‘हामीले गठबन्धन गर्दा रातमा कहाँ गर्‍यो रे ? १२ बजे कहाँ पुग्यो रे । ए मार्सी चामलको भात बिर्सिनु भयो ? मार्सी चामलको खाएको भात बिर्सिनु भयो तपाईंहरुले ? त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ ।’

ढुंगानाले मुलुकको स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको धाराणा राखेका छन् ।