काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट बस्दैछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल हुनेछ । 


OM Sai Pathibhara Hospital

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार, बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको वार्षिक कार्ययोजनाको मस्यौदालाई पोलिटब्यूरो सदस्यहरूले सुझाव दिएर अन्तिम रूप प्रदान गरिनेछ । बैठक दुई दिनसम्म चल्नेछ, जहाँ ९५ सदस्यीय पोलिटब्यूरोका सदस्यहरूले भाग लिनेछन् । 


यो बैठकले आगामी वर्षको पार्टीको प्राथमिकता, रणनीति, र कार्यक्रमहरूको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।