काठमाडौं–सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक मङ्गलबार बस्ने छ। प्रतिनिधि सभा बैठक दिउँसो १ बजे सुरु हुनेछ। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

सहरी विकास‚ श्रम‚ रोजगार‚ सामाजिक सुरक्षा‚ र खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभा बैठक दिउँसो १:१५ बजे हुनेछ । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

खानेपानी र ऊर्जा‚ जलस्रोत मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नेछन् ।