काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताएका छन् । 

आज काठमाडौंमा आयोजित ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४६ औं साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गरेका हुन् । 

OM Sai Pathibhara Hospital

मन्त्री पाण्डले संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गरे । 

उनले पर्यटन मन्त्रालय भुमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको भन्दै पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलता आवश्यक रहेको जिकिर गरे । 

मन्त्री पाण्डेलले मन्त्रालयलाई पर्यटन क्षेत्रमा काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्नेगरी वातावरण बनाउने प्रतिवद्धता समेत जनाए ।