काठमाडौं- कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले सर्बोच्च अदालत परिसरमा धर्ना दिने भएको छ ।
हिजो न्याय परिषद् घेराउसहित धर्ना दिएको बारले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रेको बताए ।
संशोधित न्याय परिषद् नियमावलीविरुद्ध बारले यसअघि प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाएको थियो ।
आफूहरूले संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि गरेको अनुरोध अस्वीकार गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको महासचिव अन्जिता खनालले बताइन् ।
नियमावली संशोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने बारको अडान छ ।