काठमाडौं- संसदीय सुनुवाई समितिमा आजपनि प्रस्तावित राजदुतहरुको सुनुवाई जारी छ । 

आज इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको समितिले जनाएको छ ।

OM Sai Pathibhara Hospital

समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै सदस्यहरुले प्रश्न गर्नेछन् । सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । 

तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगेको छ ।

सरकारले सिफारिस गरेर पठाएको नामावली अनुसार समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।