काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

मन्त्री गुरुले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरु विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भएपनि अब बदलिदो परिवेश अनुसार यि संस्थाहरुले आर्थिक आयआर्जन पनि गर्नुपर्नेमा जोड दिए । 

‘हाम्रो संगठनहरु पञ्चायतकालमा एक खालको भजन मण्डलीको रुपमा प्रयोग भयो । एउटा व्यवस्था थियो सबै बिरोधीहरुको पक्षमा प्रयोग गर्ने काम भयो । अहिले पनि हामी कता-कता त्यही आँखाले हेर्छौं । नेपाल टेलिभिजन र रेडियो नेपालको गतिविधि त्यही भएको छ र ? मन्त्री गुरुको प्रश्न थियो । 

आफूले सरकारी सञ्चार माध्यमहरुलाई आफैँ कमाएर खानका लागि निर्देशन समेत दिइसकेको भन्दै मन्त्री गुरुङले यि संस्थाहरु राम्रो सेवा पनि दिन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने अवस्थामा रहेकाले पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए । 

मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सेतो हात्ति पाले जसरी पाल्न नसकिने भन्दै आवश्यक संरचना मात्रै राखिने जिकिर गरे । 

उनले अगाडि भने, तिमीहरु आफैँ कमाएर खाओ न भनिदिएको छु मैले । राजस्व बढाउने काम गर । र प्रतिष्पर्धामा पनि जाऔँ । रेडियो र टेलिभिजनको क्षमता बढाउनुपर्ने पनि छ । रेडियो नेपाल पनि सेतो हात्ति बनेर काम छैन । नेपाल टेलिभिजन पनि सेतो हात्ति बनेर काम छैन ।’

उनले राज्यको सूचना प्रवाह गर्ने रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता संस्थालाई बलियो बनाउन सकेमात्रै राज्य बलियो हुने जिकिर गरे ।