काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुटेपछि २३ साउनदेखि जारी बैठक ७ भदौदेखि अवरुद्ध भएको थियो ।

बैठकमा थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भावना कायम राख्दै पारित गरिनेछ । शर्माको एक्जिट पोलिसीलाई संविधान संशोधनको समयमा बहसका लागि राख्ने तयारी गरिएको छ ।

OM Sai Pathibhara Hospital

बैठक दिउँसो ३ बजे सुरु हुनेछ, जहाँ बाँकी पाँचजना सदस्यहरूले धारणा राखेपछि सभापति शेरबहादुर देउवा र अन्य नेताहरूले अन्तिम निर्णय गर्नेछन् । 

त्यसअघि, १५औं महाधिवेशनको कार्यतालिका निर्धारण तथा संविधान संशोधन मस्यौदा समिति गठन गर्नेलगायत विषयमा सहमति जुटाउन दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्नेछ ।