काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक कुनै ठोस निष्कर्षमा नपुगी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा छलफल भए पनि पूर्ण सहमति जुट्न नसकेको हो । 

बैठकमा चुनावी तालमेल‚ महाधिवेशन तालिका‚ र एक्जिट पोलिसीलगायत विषयहरूमा कुराकानी भएको एक नेताले जानकारी दिएका छन् । नेताहरूबीच आउँदो चुनावमा कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने उद्देश्यसहित मैदानमा उत्रनेबारे चर्चा भएको थियो । 

OM Sai Pathibhara Hospital

शीर्ष नेताहरूको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो । १५औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिको अर्को बैठकमा निर्णय गर्ने तयारी भइरहेको छ‚ तर यसमा पूर्ण सहमति भइसकेको छैन ।