काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरूको सहभागिता रहेनछ । सहमहामन्त्री जीवन परियारका अनुसार‚ आजको बैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरेर सहमति जुटाउनेबारे हुनेछ ।

OM Sai Pathibhara Hospital

आइतबारको केन्द्रीय समिति बैठकमा पेश हुने प्रतिवेदनलाई परिमार्जन गरी पारित गर्ने तयारी भइरहेको छ । त्यसैले आजको बैठकमा प्रतिवेदनमाथि सहमति जुटाउनका लागि छलफल हुनेछ ।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने र पार्टीको १५औं महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नेलगायतका विषय उठाएका छन्‚ भने महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’मा सहमति जुटाउन बाँकी रहेको छ ।