काठमाडौ- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । 

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब  पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गरे । 

OM Sai Pathibhara Hospital

संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति देउवाले खुशी व्यक्त गरेका छन् । 

देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूणर् दिशामा विकास र अन्य काममा अगाडि बढ्ने बताए । 

उनले भने, ‘अहिले एउटा महत्वपूणर् कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छाँै । राष्ट्रपतिज्युबाट पनि प्रमाणीकरण भइसकेको छ । अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ ।’

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको भन्दै गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने धारणा समेत राखे ।