विराटनगर- नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

आज बसेको प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

OM Sai Pathibhara Hospital

माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । 

गत २७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।