काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन् ।

आज मन्त्रालयमा सन्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको र चाँडै संसदमा प्रस्तुत गर्ने योजना रहेको बताए ।  

OM Sai Pathibhara Hospital

केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी भएको उनले बताएका छन् । 

निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि पनि बढेको लेखकले बताए । 

गृहमन्त्री लेखकले समय सापेक्ष कानुन निर्माण गर्ने र सम्बन्धित संस्थालाई कानूनद्वारा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताए । 

उनका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी निर्देशिका स्वीकृत गरेर मन्त्रीपरिषद पठाइएको छ ।