काठमाडौं- संसदमा विचराधिन भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ ।

आज बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सर्वसम्मत रुपमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई हटाउने निणर्य गरेको सभापति रामहरी खतिवडाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

योसँगै अब थाहा पाएको पाँच वर्ष अवधिमा मात्रै नभइ जुनसुकै कालखण्डमा पनि भ्रष्टाचारको मुद्दा चलाउनलाई कुनै बाधा हुने छैन । 

पाँच वर्षे हदम्यादको प्रावधान राखेको भन्दै आलोचना भएपछि समितिमा सदस्यहरूले पनि हटाउनुपर्ने राय दिएका थिए । 

त्यसपछि हटाउने निणर्य भएको हो । उक्त संशोधन विधेयक अहिले समितिमा छलफल भइरहेको छ । 

संशोधन विधेयकको दफा ४५ (१) मा , ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ।’ भन्ने प्रावधान राखिएको थियो ।