काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक बोलाइएको छ । आज बिहान ९:३० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बैठक उद्घाटन गर्नेछन् । 

प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा पार्टीका नीतिहरूका बारेमा सल्लाहकारहरूले धारणा राख्नेछन् । यो बैठक राप्रपाको ३४ वर्षे इतिहासमा पहिलो पटक आयोजना गरिएको हो । सल्लाहकार समितिको अध्यक्ष नेता एवं पूर्वमन्त्री निरञ्जन थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्नेछन्‚ जसमा अन्य विषयमा पनि विमर्श हुने जनाइएको छ । 

OM Sai Pathibhara Hospital

पार्टीलाई सफल‚ सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा‚ पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।