काठमाडौं- नेकपा (एमाले)ले वार्षिक कार्ययोजनाबारे छलफल गर्न आगामी भदौ १८ र १९ गतेका लागि पोलिटब्युरोको बैठक बोलाएको छ । 

आज केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले पार्टी संगठनको वार्षिक कार्ययोजनासहितका विषयमा छलफल गर्न पोलिटब्युरोबैठक बोलाउने निणर्य गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पोलिटब्युरो बैठकले पार्टी संगठन, सदस्यता अभियान, प्रशिक्षणसहितका विषयको टुंगो लगाउने गौतमले बताए । 

२०८४ को चुनावलाई केन्द्रित गरेर संगठनको कामलाई प्रभावकारी बनाउन एमालेले पार्टीका नेतालाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित जिम्मेवारी दिएको छ ।