काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन् ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न आग्रह गरे । 

OM Sai Pathibhara Hospital

सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौं ।’

प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग समेत गरे । 

उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरेका छन् ।