काठमाडौं- सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक राष्टपतिबाट प्रमाणिकरण भएको छ ।
संघीय संसद्का दुवै सदनबाट पारित भएर आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।

गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ ६ गते राष्ट्रियसभाले पारित गरेको थियो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अब विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ ।