पोखरा- गण्डकी प्रदेशमा मन्त्रालयको संख्या र भागबन्डा टुंगो लागेको छ । 

प्रदेशमा ९ वटा मन्त्रालय बनाउन नेपाली कांग्रेस र एमालेबीच सहमति भएको हो । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउन भनेपछि त्यति नै कायम गर्ने सहमति भएको हो । 

सहमति अनुसार अब एमालेबाट ४ जना मन्त्री बन्ने छन् । 

मन्त्रालयको संख्यामा विवाद भएपछि एमाले लामो समयदेखि सरकारमा सहभागी भएको थिएन ।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भएको छ ।

दुई दलबीच २/४ दिनभिमै मन्त्रीपरिषदलाई पूणर्ता दिने सहमति पनि भएको न्यौपानेले बताए । 

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रीमै यथावत राख्न पनि दुई दलबीच सहमति जुटेको छ ।