काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

१६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।
सभापति देउवाले आजपनि दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए । यसअघि मंगलबारपनि छलफल भएको थियो । यद्यपी सहमति जुट्न सकेको छैन ।
चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेको बताइएको छ ।
दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिदै आएको छ ।