काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने कुरा गरेसँगै नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको नाम चर्चामा छ ।

परराष्ट्रमन्त्री समेत रहेकी नेतृ राणा देउवा प्रधानम्नत्री हुने चर्चाबीच उनले यसलाई अस्विकार गरेकी छिन् । उनले पार्टीको आगामी नेतृत्वका लागि शेरबहादुर देउवा नै उपयुक्त हुने स्पष्ट पारिन् ।

OM Sai Pathibhara Hospital

आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्ने भन्दै भनिन्, ‘बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’ प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले राणालक्षित ठानेका थिए ।