काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बोलाइएको छ ।

शपथ ग्रहणपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ, जहाँ पार्टीको केन्द्रीय संरचना निर्माण, नेताहरूको योगदान र कार्यक्षमताका आधारमा स्थायी समिति तथा सचिवालय गठन, र केही नेताहरूको जिम्मेवारी हेरफेरजस्ता विषयमा छलफल हुने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी गराए ।

OM Sai Pathibhara Hospital

बैठकमा केन्द्रीय पदाधिकारीसहित ३४४ सदस्यीय केन्द्रीय कमिटीका सबै सदस्यहरूको अनिवार्य उपस्थिति सुनिश्चित गरिएको छ । बैठकमा विशेष रूपमा चुनावी प्रतिस्पर्धामा पराजित नेताहरूको व्यवस्थापन, आगामी योजना, र कार्यक्रमबारे पनि चर्चा गरिनेछ ।