काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज आह्वान गरिएको छ ।

बैठकमा पार्टीको केन्द्रीय संरचना निर्माण‚ नेताहरूको योगदान र कार्यक्षमताका आधारमा स्थायी समिति‚ सचिवालय गठन‚ र केही नेताहरूको जिम्मेवारी हेरफेरजस्ता विविध विषयमा छलफल हुने जनाइएको छ ।

OM Sai Pathibhara Hospital

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित ३४४ सदस्यीय केन्द्रीय कमिटीका सबै सदस्यहरूको अनिवार्य उपस्थिति रहन्छ ।