काठमाडौ- नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताउनु भएको छ ।  

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेकै आधारमा कारबाही गर्न नहुने बताउनु भएको हो ।  

OM Sai Pathibhara Hospital

केसीले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने/नगर्ने भन्दापनि सम्पूणर् वक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए ।  

घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने केसीको तर्क छ । 

सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निणर्य भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताउनु भयो ।