काठमाडौं- पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आज सुनुवाई हुदैछ । 

यसअघि पटक पटक सर्दै आएको सापकोटाविरुद्ध रहेको उक्त मुद्धामा आज प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले निणर्य सुनाउन लागेको हो । 

OM Sai Pathibhara Hospital

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो ।

द्धन्द्धकालिन विषय जोडिएको उक्त मुद्धा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । 

माओवादी सशस्त्र द्धन्द्धका बेला काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूणर्िमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रे छत्रेबाँझमा रहेको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । 

त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्दा दायर गरेको थियो ।