काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति सरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले भदौ १६ गते आइतबारको दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने निर्धारण गरेको हो । 

यसअघि भदौ १२ गतेका लागि निर्धारण गरिएको उक्त बैठक संघीय संसद्को नियमित बैठकका कारण मिति परिर्वतन गरिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ ।