काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूणर् ढंगले गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले ४० दिनमा सरकारकोे नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

‘सरकार अहंकारपूणर् तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’

प्रचण्डले २२ अर्ब उठाउने निणर्य क्याबिनेटबाट गर्न प्रधानमन्त्रीलाई चुनौती समेत दिएका छन् । 

आफ्नो चाहे जस्तो निणर्य गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’

अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले प्रधानमन्त्रीको नियत अझ राम्ररी बुझ्ने प्रचण्डको तर्क थियो ।