काठमाडौं- नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुका लागि एउटै प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुवै राष्ट्रिय निकुञ्जमा एउटै गेट पासबाट पर्यटकहरुलाई प्रवेश गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रमुख सचेतक बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज मधेस प्रदेश र वागमती प्रदेशको पर्यटन प्रवद्र्धनको सबैभन्दा महत्वपूणर् क्षेत्र भएकाले यसको उचित व्यवस्था गर्ने काममा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

यी दुवै राष्ट्रिय निःकुञ्जहरुलाई एकीकृत पर्यटन प्रवद्र्धन गर्ने, एकीकृत पर्यटन विकास गर्ने उद्देश्यका साथ कार्ययोजना अघि बढाउने हो भने यसले मधेस र वागमती प्रदेशको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बर्तौलाले बताए । 

प्रमुख सचेतक बर्तौलाले ती दुवै राष्ट्रिय निकुञ्ज प्राकृतिक परिदृश्यले पनि मनोरम रहेकाले त्यसको प्रवद्र्धनबाट राष्ट्रले ठूलो आयआर्जन गर्नसक्ने धारणा समेत राखे ।