काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले दिउँसो १ बजे प्रमुख प्रतिपक्षी नेताका रूपमा बोल्ने  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराए ।

दाहालले नेकपा एमालेले सत्ता सहकार्य तोडेर नेपाली कांग्रेससँग मिलेर सरकार गठन गरेको विषयमा असन्तोष व्यक्त गर्दै आएका छन् । उनले नयाँ सरकारलाई भ्रष्टाचारको गढ भएको भन्दै आलोचना गर्दै आएका छन् ।