काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पार्टी कार्यालय वनस्थलीमा बस्दैछ ।

बैठकले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । सहप्रवक्ता मनिष झाका अनुसार‚ ढकालले पछिल्लो पटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि कारबाहीको तयारी गरिएको हो ।

OM Sai Pathibhara Hospital

तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद सभापति रवि लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोपमा पुगेपछि‚ रास्वपाले उनलाई पहिले महामन्त्रीबाट निलम्बन र पछि बर्खास्त गरेको थियो ।

ढकालले सामाजिक सञ्जालमार्फत् लामिछानेको आलोचना जारी राखेपछि साधारण सदस्यता खारेज गर्ने तयारी गरिएको हो । आजको बैठकमा थप एजेण्डामा समसामयिक राजनीति‚ पार्टी गतिविधि‚ र राष्ट्रियदेखि स्थानीय स्तरसम्मको भेला तथा प्रशिक्षणलगायतका विषय पनि रहने छन् ।