काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक डाकिएको छ ।

बैठक आज बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न देउवाले यो बैठक बोलाएका हुन् ।

OM Sai Pathibhara Hospital

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा सहभागी हुनेछन् । २३ साउनदेखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरू माथि छलफल भइरहेको छ ।

देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । प्रतिवेदनमा राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने प्रस्ताव छ । जारी केन्द्रीय समिति बैठक बुधबार (१२ भदौ) मा सकिंदैछ ।