काठमाडौं–नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि गएराति तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेको हो ।

OM Sai Pathibhara Hospital

सो वस्तु फेला परेपछि प्रहरीले रातिबाटै सो स्थानलाई निगरानीमा राखेको जानकारी दिएको छ । आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी गराए ।