काठमाडौं- नेकपा माओवादी केन्द्रको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक आजपनि जारी छ ।  

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकमा समसामायिक राजनिति र पार्टीको आगामी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको छ । 

OM Sai Pathibhara Hospital

बैठकमा पार्टीको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले धारणा राख्नेक्रम चलिरहेको छ । बैठक आज सम्पन्न हुनेछ ।

 माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बस्नु अघि प्रदेश स्तरको परामर्श बैठक गर्र्ने निणर्य गरेको थियो । सोही अनुसार बैठक बोलाइएको हो । 

यस अघि माओवादी केन्द्रको बागमती प्रदेश स्तरको परामर्श बैठक सम्पन्न भइसकेको छ ।