काठमाडौं- नेकपा माओवादी केन्द्रको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक सुरु भएको छ । 

भोलीसम्म चल्ने बैठकमा उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको सहभागिता छ । 

OM Sai Pathibhara Hospital

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकले पार्टीको आगामी कार्ययोजना लगायत केन्द्रीय नेतृत्वलाई सुझाव दिने बताइएको छ ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बस्नु अघि प्रदेश स्तरको परामर्श बैठक गर्र्ने निणर्य गरेको थियो । सोही अनुसार बैठक बोलाइएको हो । 

यस अघि माओवादी केन्द्रको बागमती प्रदेश स्तरको परामर्श बैठक सम्पन्न भइसकेको छ ।