काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवा चार दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदैछिन् । 

मन्त्री राणा दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सचिवालयका अनुसार मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा मन्त्री राणाले भ्रमणबारे ब्रिफिङ गर्नेछिन् ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।